November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

धुम्बाराहीमा ओली-नेपालसहित एमालेका शीर्ष नेताबीच छलफल सुरु

2.1K

काठमाडौं- नेकपा (एमाले)का दुवै समूहका शीर्ष नेताहरूबीच एमालेको  पार्टी कार्यालय धुम्बाराहीमा छलफल सुरु भएको छ।

एमालेका दुवै समूह औपचारिक संयुक्त छलफलमा जुटेका हुन्।

छलफलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल र नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, प्रदिप ज्ञवाली, रघुजी पन्त सहभागी छन्।

Advertisement

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच करिब चार महिनापछि औपचारिक संवाद भएको हो।