November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक चैत १ देखि बस्ने

२०७७ फाल्गुन २८

5.3K

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक चैत १ देखि बस्ने भएको छ। नामको विवादसम्बन्धी मुद्दाको फैसला गर्दै सर्वोच्च अदालतले माओवादी केन्द्रसँगको एकता तोडिदिए पछिको राजनीतिक अवस्थाबारे छलफल गर्न बैठक बस्न लागेको हो। 

बैठकमा यसअघिका विवाददेखि आगामी राणनीतिबारे केन्द्रीय नेताले आफ्नो धारणा प्रस्तुत गर्नेछन्। बैठकले पार्टीको आगामी रणनीतिसँगै अन्य विविध विषयमा एकीकृत धारणा बनाउने बताइएको छ। 

साथै, बैठकले माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गर्ने तयारी गरेका नेताको विषयमा समेत निर्णय गर्ने एक नेताले बताए।

Advertisement