March 1, 2026, Sunday
२०८२ फाल्गुन १७
1:37:26 pm

जेसिसको मल्टी च्याप्टर ट्रेनिङ अन पार्लियामेन्ट्री मिटिङ प्रोसिड्युर कार्यक्रम सम्पन्न

२०८२ फाल्गुन १७

985

चक्रघट्टी जेसिसले शनिबार मल्टी च्याप्टर ट्रेनिङ अन पार्लामेन्ट्री मिटिङ प्रोसिड्युर कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल जेसीज वर्ष २०२६ को फेब्रुअरी महिनामा शाखाले गर्नु पर्ने कार्यक्रमहरू मध्येको एक कार्यक्रममा मुख्य प्रशिक्षक जेसी गौरव सन्ज्याल र प्रशिक्षक अनिशराज यादव प्रशिक्षण दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि सिनेटर नेपाल जेसिसका वर्ष २०२० का अध्यक्ष सिनेटर अशोक शङ्करले अब जेसीजको युवाले देशको नेतृत्व लिनुपर्ने बताए । ‘अब जेसि युवाहरुले देशको नेतृत्व लिन अघि बढ्नु पर्छ । र, त्यसको निम्ति जेसीज युवाहरू सक्षम छन्’, उनले भने, ‘वडा अध्यक्ष सक्नेले वडा, नगर सक्नेले नगरप्रमुख संघसम्मको नेतृत्व लिन अघि बढ्नु पर्दछ ।’

Advertisement

कार्यक्रममा जेसी निश्चल बस्नेत, सस्थापक अध्यक्ष चक्रघट्टी जेसीजका लागि निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी देबु बानियाँ सँगै राष्ट्रिय उपाध्यक्षहरू जेसी दिपेश बराइली र सिनेटर बिदुर थापा, क्षेत्र ‘क’ का तालिम संयोजक जेसी लक्ष्मी बराल लगायत चक्रघट्टी जेसीजका पूर्व अध्यक्षहरूसहित बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा जम्मा १२ शाखाको अध्यक्ष सहित जम्मा ८२ जनाको सहभागिता रहेको थियो ।

चक्रघट्टी जेसिसको आयोजनामा सम्पन्न उक्त कार्यक्रमलाई इनरुवा, बिराटनगर, धरान, इटहरी, टंकीसिनवरी, इन्द्रपुर, गोलबजार, गछिया, बेलबारी, दुहबी, झुम्का शाखा कार्यालयहरुले सहाअयोजनाको भुमिका निर्वाह गरेका थिए । तालिम कार्यक्रमको संयोजक जेसी प्रेम बस्नेत रहेका थिए ।

चक्रघट्टी जेसिसका महासचिव जेसी अर्जुन तामाङ शिशिरले सञ्चालन गरेको कार्यक्रममा सभाध्यक्ष भने चक्रघट्टी जेसिस २०२६ का अध्यक्ष शरणकुमार लिम्बु रहेका थिए ।