March 1, 2026, Sunday
२०८२ फाल्गुन १७
1:37:26 pm

कराचीँस्थित अमेरिकी वाणिज्य दूतावास नजिक झडप हुँदा ६ जनाको मृत्यु

२०८२ फाल्गुन १७

395

इस्लामवाद । पाकिस्तानको कराँचीस्थित अमेरिकी कन्सुलेट (वाणिज्य दूतावास) नजिक भएको झडपमा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् ।

पाकिस्तानी उद्धार संस्था एदी फाउन्डेसनका अनुसार प्रदर्शन उग्र बनेपछि हिंसात्मक अवस्था सिर्जना भएको थियो । 

यसअघि प्रदर्शनकारीहरूले कराँचीस्थित अमेरिकी कूटनीतिक नियोगतर्फ अघि बढ्ने प्रयास गरेका थिए । भीड नियन्त्रण गर्न प्रहरीले हस्तक्षेप गर्दा झडप भएको र धेरै व्यक्ति घाइते भएको बताइएको छ । 

Advertisement

घटनापछि सुरक्षा व्यवस्था कडा बनाइएको छ र अवस्था नियन्त्रणमा ल्याउने प्रयास जारी रहेको स्थानीय अधिकारीहरूले जनाएका छन् ।

इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी र शीर्ष सैन्य कमाण्डरहरूको हत्याकाे विराेधमा प्रदर्शन भएको जनाइएको छ ।