काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी कर्णाली प्रदेशकी संस्थापक महामन्त्री चन्द्रा बिक र सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेत नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
बिक र बस्नेतसहितका नेताहरू रास्वपा परित्याग गरेर कांग्रेस प्रवेश गरेका हुन् ।
उनीहरूलाई आइतबार कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सुर्खेतमा आयोजित कार्यक्रममा स्वागत गरेका छन् ।