April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

पाँचथर काठमाडौं सम्पर्क मञ्चको १२औं अधिवेशन सम्पन्न, अध्यक्षमा विक्रम भट्टराई 

2.1K

पाँचथर । नेकपा एकीकृत समाजवादी पाँचथर काठमाडौं सम्पर्क मञ्चको  १२ औं  अधिवेशन सम्पन्न भएको छ । शनिबार काठमाण्डौंस्थित कोटेश्वरमा भएको अधिवेशनले विक्रम भट्टराईको अध्यक्षतामा २१ सदस्यीय कार्य समिति निर्वाचित गरेको छ ।

समितिको उपाध्यक्षमा  विष्णु लिङदेन, सचिवमा रमेश पौडेल, सहसचिवहरु क्रमश ज्ञानु घिमिरे
र देवनारायण बानियाँ चयन भएका छन् भने  कोषाध्यक्षमा महेन्द्र निरौला चयन भएका छन् । 

यस्तै समितिको सदस्यहरूमा  नरेन्द्र बेघा, मौलिक तिमल्सिना,  रामप्रसाद खतिवडा, प्रमित लावती, छविलाल अधिकारी, पार्वती राई, प्रमोद राई, देश कुमार हेम्व्या, सन्तोष राई, रत्न शमशेर गिरी हिमा मैनाली लगायत रहेका छन् ।

Advertisement

 कार्यक्रमका प्रमुख अतिथि पार्टीका पोलिटब्युरो सदस्य  डा. देउमान सम्वाहाम्फेले सम्पर्क मञ्च भूगोल र केन्द्रको सम्पर्क सूत्रको रुपमा स्थापित भएर पुलको काम गर्नुपर्ने भन्दै पार्टी व्यक्तिबाट भन्दा पनि नीति विधि र पद्धतिबाट सञ्चालन हुनुपर्नेमा जोड दिए । उनले राजनीति गर्नेहरू सच्चा इमानदार र नैतिकवान् हुनुपर्ने भन्दै समयले हामीलाई त्यस कित्तामा उभ्याउने विश्वास व्यक्त गरे । 

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा सम्पर्क विशेष प्रदेश कमिटी, कमिटी अध्यक्ष विरवलकाजी राई, कोशी प्रदेश सम्पर्क समितिका इन्चार्ज तथा पार्टीका केन्द्रीय सदश्य अम्बिका थापा, पार्टीका केन्द्रीय अनुशासन आयोगका सदस्य भक्तिमान सम्बाहाम्फे, सम्पर्क शिषेश प्रदेश कमिटीका उपसचिव तथा पार्टीका केन्द्रीय परिषद सदस्य केशर अधिकारी, कोश सम्पर्क कमिटी सचिव दिलिप राई, नेकपा एकीकृत समाजवादीका प्रचार विभाग सदस्य तथा समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य लेखनाथ सिकारु, शिक्षा विभागका सदस्य वासुदेव अधिकारी, सुनसरी काडमाडौं सम्पर्क मञ्चका अध्यक्ष रमेश आचार्य, उदयपुर काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष भद्र पराजुली, ताप्लेजुङ काडमाडौं सम्पर्क मञ्चका अध्यक्ष सूर्य बराइली, नेपाली काँग्रेस अन्तर्गतको पाँचथर काठमाडौं सम्पर्क समितिका सभापति लक्ष्मी नारायण तिम्सिना नेकपा माओवादी केन्द्र अन्तर्गतको पाँचथर काठमाडौं सम्पर्क समन्वय समितिका सदस्य दिपक लामा लगायतले सम्मेलनको सफलताको शुभकामना दिएका थिए । 

सम्पर्क मञ्चका अध्यक्ष गंगाप्रसाद रिजालको अध्यक्षतामा सचिव  विक्रम भट्टराईद्वारा सञ्चालित अधिवेशनमा  रमेश पौडेलले स्वागत गरेका थिए । 

अधिवेशनले ६ बुँदे समसामयिक विभिन्न प्रस्ताव पारित गर्दै सम्पन्न भएको थियो ।