काठमाडौं । भीम वीरही राईको युद्ध कवितासंग्रह ‘बारुदले कोरेका अक्षरहरू’ लाई युद्ध साहित्य पुरस्कार २०८२ (सन २०२५) प्रदान गरिने भएको छ । प्रत्येक तीन बर्ष भीत्र प्रकासीत भएका नेपाली युद्ध साहित्यका कृतिहरूमध्येबाट एक उत्कृस्ट कृतिलाई युद्ध साहित्य पुरस्कार प्रदान गरिदै आएको कुरा युद्ध साहित्य पुरस्कार कोष वेलायतले जनाएको छ ।
युद्ध साहित्य पुरस्कारको राशि ५० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । युद्ध साहित्य पुरस्कार २०८२ यस बर्षको चैत्र महिनाभित्रमा नेपालमा एक भव्य कार्यक्रको आयोजना गरी प्रदान गरिने छ ।
अन्तराष्ट्रिय परदेशी साहित्य समुहले प्रकासीत गरेको ‘बारुदले कोरेका अक्षरहरू’ मा कवि भीम वीरही राईका जम्मा ३८ कविताहरू सङ्कलित छन् । यी कविताहरू मुख्य गरी सैनिक जीवन, सेनामा सेवारत रहादा देखे–भोगेका युद्धका विभीषिकाहरू र तिनले निम्त्याउने मानवताको विनाश, गोर्खाली सेनाको इतिहास, प्रेम, पीडा आशा, सङ्घर्ष र परिवारसंगको बिछोड आदि विषयमा लेखिएका छन् ।
राईका ‘विदेशी सिपाही’ (उपन्यास, २०५९), र ‘दबिएका आवाजहरू’ (कवितासंग्रह, २०६४) प्रकाशित छन् । भीम वीरही राई एक सेवा निवृत भारतीय गोर्खा सैनिक हुन् । उनी हाल अन्तराष्ट्रिय परदेशी साहित्य समुहका उपाध्यक्ष तथा विश्व नेपाली साहित्य महासंगका केन्द्रीय सदस्य छन् ।
युद्ध साहित्य पुरस्कार २०७८ (सन २०२२) पहिलोपटक केदार संकेतको उपन्यास ‘अफगानी रणमैदान’ लाई प्रदान गरिएको थियो। युद्ध साहित्यको अभियन्ताहरू गणेश राई, काङमाङ नरेश राई र अप्जसे कान्छाले युद्ध साहित्यको संरक्षण, संवद्धन र पर्वद्धन गर्ने उदेश्यले २०७८ (सन् २०२२) मा युद्ध साहित्य पुरस्कारको स्थापना गरेका हुन् ।
युद्ध साहित्यको अभियन्ताहरूले नेपाली युद्ध साहित्य सिद्धान्तको प्रताबना सन् २०११ मा पहिलो नेपाली युद्ध कविता संग्रह ’युद्धमा हराएको प्रेम’ मार्फत गरेका थिए ।उक्त कृतिमा नेपाली युद्ध साहित्यको परिभाषा र ब्याख्या गरिएको थियो। त्यसपछि सन् २०१४ मा ‘’युद्ध साहित्य सिद्धान्त र स्रिजनाहरू’’ प्रकासित गरि युद्ध साहित्यको थप ब्याख्या, बिबेचना र बिमर्श गर्दै युद्ध साहित्यको अभियानलाई थप सशक्त बनाइएको थियो । युद्ध साहित्यका अभियन्ताहरूले निरन्तर युद्ध साहित्य लेखीरहेका छन् र युद्ध साहित्यको संरक्षण, संवद्धन र पर्वद्धन गर्दै जाने जानकारी दिएका छन् ।




