क्वालालम्पुर । नेपाल आदिवासी जनजाति महासंघ मलेसिया शाखाको चौंथो अधिवेशनले पदमराज लिम्बुको अध्यक्षतामा १७ कार्य समिति निर्वाचित गरेको छ ।
समितिको वरिष्ठ उपाध्यक्ष ङावाङ नुरी शेर्पा, उपाध्यक्ष बिक्रम वाइबा, किसन गुरुङ, महिला उपाध्यक्ष बिनु राई, महासचिव सन्जिब स्याङ्बो तामाङ, सचिव यज्ञ कुमार राई, कोषाध्यक्ष अनिता थापा मगर, सह कोषाध्यक्ष मिङ्मा शेर्पा, सदस्यहरू पेमा स्याङ्तान, निर बहादुर थामी, पल थामी , काँशी तमु, प्रकाश चौधरी, हमान सिं मगर, दावा शेर्पा, सागर लिम्बु रहेका छन् ।
बिपिन राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकार कोशी प्रदेश प्रमुख माननीय परशुराम खापुङ रहेका थिए । त्यस्तै बिशिष्ट अतिथिमा नेपाली राजदुतवास मलेसियाका महामहिम राजदुत डाडा,नेत्र प्रसाद तिमिल्सिना, नेपाल आदिवासी जनजाती महासंघ संघीय परिषद उपाध्यक्ष तथा संगठन बिभाग प्रमुख युवराज जिरेललगायत मलेसियामा क्रियाशिल जातीय संघ संस्था, राजनिक दलका भात्री संगठनहरु, बिभिन्न भेगीय, भुगोलको नाम बाट संचालित संघ संस्थाहरुको अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थित रहेको थियो।
कार्यक्रममा मन्तब्य राख्दै उपाध्यक्ष जिरेलले संगठनको निति नियम बुझाउदै भाईचारा सम्बन्ध कायम राख्दै कुनै जातीय दण्डित हुने कुराहरु नराख्न अनुरोध गरेका थिए।
महामहिम राजदुत तिमिल्सिनाले मलेसियामा संघ संस्थाको सक्रियता र क्रियाशिल रहेकोले नै दूतावासले काम गर्न सहज भएको र संघ संस्थाले दुतवासज
तिकै श्रमिकको दायित्व निभाउदै आएको भन्दै धन्यवाद व्यक्त गरेका थिए।
प्रमुख अतिथि माननिय खापुङ्ले मलेसियामा संस्था क्रियाशिल हुदै नेपाल र मलेसियाको सम्बन्ध बलियो बनाउन भुमिका निर्वाह गरेको देखिएको भन्दै खुशी व्यक्त गरेका थिए।
त्यस्तै कार्यक्रममा नेपालबाट आमन्त्रीत कलारद्वय सागर आले मगर र सुनिता संयक लिम्बु लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो ।
महासंघले व्यावसायी बालध्वज लिम्बू, पत्रकार घनश्याम चौधरी, कलाकार राजेश चौधरीलाई चौथो महाधिवेशनको अवसरमा सम्मान गरेको छ । त्यसैगरी संस्थापक अध्यक्ष सुन्दर आले मगरलाई पनि संस्थाप्रति गरेको योगदानको कदर गर्दै सम्मान गरेको छ ।
त्यस्तै निवर्तमान अध्यक्ष बिपिन आईले आफुले दुई कार्यकाल महासंघ चलाएको बेला धेरै थोरै कठिनाई भोग्नु परेको र त्यस्तो कठिनाइको बावजुत पनि आफ्नो कार्यकाल सफल भएको महसुस गरेको बताउदै नयाँ बनेको कार्य समितिलाई बधाई दिएका थिए।
तअध्यक्ष पदमा सर्वम्मत निर्वाचित भएपछि पदम राज लिम्बुले आगामि दिनमा संस्थालाई गतिशिल बनाउने र जाजिय संगठनलाई सदैव हातेमालो गर्दै महासंघ चुस्त दुरुस्त बनाउने प्रवद्वता जनाएका थिए ।




