July 17, 2025, Thursday
२०८२ श्रावण १
1:37:26 pm

गुञ्जन जेष्ठ नागरिक सम्मान हिरण्यकुमारी र साहित्य सम्मान नरेन्द्रबहादुर श्रेष्ठलाई

305

काठमाडौं । नारी साहित्य संस्था गुञ्जनले यस वर्ष प्रदान गरिने ‘गुञ्जन जेष्ठ नागरिक सम्मान’बाट वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठकलाई सम्मान गर्ने निर्णय गरेको छ ।

यसैगरी ‘गुञ्जन साहित्य सम्मान’बाट सर्जक नरेन्द्रबहादुर श्रेष्ठलाई सम्मान गर्ने निर्णय गरेको छ ।

गुञ्जनकी अध्यक्ष जलेश्वरी श्रेष्ठको सभापतित्वमा बसेको कार्यसमितिको बैठकले ‘गुञ्जन त्रिवेणी पुरस्कार २०८१’ वरिष्ठ साहित्यकार डा.बेन्जु शर्मालाई र ‘गुञ्जन प्रतिभा पुरस्कार’ साहित्यकार मन्दिरा मधुश्रीलाई तथा ‘गुञ्जन मातृभाषा पुरस्कार २०८१’ दनुवार भाषामा कलम चलाउने साहित्यकार सन्जा दनुवारलाई प्रदान गर्ने निर्णय गरेको छ ।

Advertisement

सो पुरस्कार र सम्मानहरू आगामी भदौ १५ गते गुञ्जनको २७ औं वार्षिकोत्सवको अवसरमा प्रदान गरिने जानकारी गुञ्जनकी सचिव सन्ध्या पहाडीले जानकारी दिईन् ।