November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

‘विश्वराज अधिकारी: अनुभूतिका विविध प्रवाहमा’ पुस्तक सार्वजनिक

745

काठमाडौं । ममता मृदुलले सम्पादन गरेको ‘विश्वराज अधिकारी: अनुभूतिका विविध प्रवाहमा’ पुस्तक सार्वजनिक भएको छ। बुधबार डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा नारी स्रष्टा समाज, विराटनगरले आयोजना गरेको एक विशेष कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको हो ।

विश्वविमोहन श्रेष्ठको प्रमुख आतिथ्यतामा, नाट्यकर्मी अशेष मल्ल, साहित्यकार राधेश्याम लेकाली, श्रीओम श्रेष्ठ रोदन, शरद प्रधान, कल्याण पन्तलगायतले उक्त कृतिको विमोचन गरेका हुन् ।

कार्यक्रममा अध्यक्ष मृदुल, प्रमुख अतिथि श्रेष्ठ, विशिष्ट अतिथिहरू मल्ल, लेकाली, रोदन, प्रधान, पन्तले विशेष मन्तव्य राखेका थिए ।

Advertisement

कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले विश्वराज अधिकारीले अमेरिका बसेर पनि नेपाली भाषा साहित्यमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।

यस्तै, नाट्यकर्मी मल्लले अधिकारीले सात समुद्रपारी रहेर नेपाली भाषा साहित्यका विषयमा सोच्दै आएको प्रसंग उठाउँदै अब साहित्यमा भ्रष्टाचारमुक्त मुलुकको कल्पना गर्ने दर्शन पनि प्रस्तुत हुनुपर्ने धारणा राखेका थिए ।

विशिष्ट अतिथि लेकालीले सम्पादक मृदुललाई मोतीरामको कार्य गरेको भन्दै अधिकारीको योगदानको चर्चा गरे । साथै उनले नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणको लागि सुझाव पनि दिए ।

समीक्षात्मक टिप्पणी गर्दै रमेन्द्र कोइरालाले कृतिबारे चर्चा गरेका थिए भने लोकार्पित ‘विश्वराज अधिकारी: अनुभूतिका विविध प्रवाहमा’ कृतिकी सम्पादक ममता मृदुलले पुस्तक प्रकाशनको कारणबारे स्पस्ट गर्दै यसअघि अशेष मल्लबारे यस्तै पुस्तक प्रकाशन गरेको बताईन् ।

पुस्तकमा अधिकारीले लेखेका कृतिहरूमाथि विभिन्न सर्जकहरूले गरेको समीक्षा समावेश गरिएको छ ।

अधिकारीका चालिस बढी पुस्तक प्रकाशित छन् । कार्यक्रममा साहित्यकारहरू अधिकारी, रोदन, शरद प्रधान, कल्याण पन्तलगायतले आ–आफ्ना भनाइ राखेका थिए ।

कार्यक्रमको सहजीकरण कवि रामकुमार पण्डितले गरेका थिए ।