November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

राष्ट्रिय कविता महोत्सव २०८२ मा सर्वोत्कृष्ट १० कवि र कविता छनोट

1.2K

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सव २०८२ मा छनौट भएका उत्कृष्ट १० कवि र कविताहरू सार्वजनिक गरेको छ । ६८औं वार्षिकोत्सवको अवसरमा सोमबार आयोजना भएको महोत्सवमा १० कवि छानिएका हुन् ।

सहभागी कविमध्ये मूल्यांकन समितिले मैथिली र नेपालभाषासहितका १० जना सर्वोत्कृष्ट कवि र कविता पुरस्कारका लागि छनोट गरेको प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले जानकारी दिएका छन् ।

जसमा सिरहाका कवि अभिनाश भट्टराईको ‘छुटिजानेहरुको नाममा’, मोरङका कवि कर्ण संजयको ‘पिताजी अहाँ के छलौं’, मकवानपुरका कवि किशन पौडेलको ‘पृथ्वीको क्रन्दन’, लमजुङका कवि गोमा श्रेष्ठको ‘भालेको मौन बिद्रोह’, नवलपरासीका कवि चन्द्रमणि चापागाईँको ‘औजार’, रुकुम पश्चिमका कवि तुलसी केसीको ‘तिम्रो गाउँको शुन्यता’, मकवानपुरका कवि रमा सुवेदीको ‘अचेल हरेक रात पहाड रुन्छ’, सुनसरीका कवि शमूएल कोइराला विश्वकर्माको ‘नेपाल मेरो घर’, ललितपुरका कवि सन्ध्या महर्जनको ‘हिउँ सःले तनाच्बगु मौन म्हगस’ र चितवनका कवि सिर्जन अविरलको ‘जीवनको महक’ छन् ।

Advertisement