January 13, 2025, Monday
२०८१ माघ १
1:37:26 pm

राजकुमार दिक्पालको ‘पृथ्वीनारायण शाहः आलोचनात्मक इतिहास’ प्रकाशित

2.7K

काठमाडौँ । केही समययतादेखि इतिहास अनुसन्धानमा रहेका लेखक राजकुमार दिक्पालको नयाँ पुस्तक “पृथ्वीनारायण शाहःआलोचनात्मक इतिहास” बजारमा आएको छ । मञ्जरी पब्लिकेसन्सले उक्त पुस्तकको प्रकाशन गरेको छ ।

लेखक दिक्पालको यो पाँचौँ कृति हो । यसअघि उनको एउटा कथा सङ्ग्रह र तीन वटा इतिहाससम्बन्धी पुस्तक प्रकाशित भइसकेका छन् ।

राजा पृथ्वीनारायण शाहका योगदान सम्बन्धी अनेकौँ पुस्तक र गाथाहरु प्रकाशितभइसकेका छन् । तर उनकाकमजोरी र आलोचनात्मक ऐतिहासिक पक्षहरुलाई समेटेर लेखिएको यो पहिलो पुस्तक हो ।

Advertisement

“नेपाली इतिहासमा पृथ्वीनारायण शाहबारे धेरै पुस्तक लेखिएपनि उनका बारेमा नलेखिएका वा नअटाएका पक्षहरुलाई यो नयाँ पुस्तकमा समेट्न पाएकोमा गौरव गर्न पाएका छौँ”, पुस्तकका प्रकाशक मञ्जरी प्रकाशनले उल्लेख गरेको छ ।