April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

नगरकोटीको कथा सङ्ग्रह साहित्य लेखनमा नयाँ प्रयोग ‘कल्प-ग्रन्थ’ को प्रिमियम

11.3K

साहित्य लेखनमा सधैँ नयाँ प्रयोग गर्दैआइरहेका फिक्सन डिजाइनर कुमार नगरकोटीको नयाँ कथा सङ्ग्रह ‘कल्प-ग्रन्थ’ को प्रिमियम संस्करण प्रकाशन हुने भएको छ | ६३ वटा विभिन्न बान्की र शैलीका कथा समेटिएको सो पुस्तक ७७७ पृष्ठको रहेको छ |

“पुस्तकमा कन्सेप्चुअल, ग्रे, पोस्टकार्ड, इन्स्टलेसन, स्कृनप्ले, ट्रान्सक्रियटेड, टाइपोग्राफिक लगायत कथाहरू रहेका छन्। नेपाली साहित्यमा नगरकोटीको यो किताब उच्चतम प्रयोग हो। ” बुक-हिलका अध्यक्ष भूपेन्द्र खड्का भन्छन्, “पश्चिमा मुलुकहरूमा विशेष लेखकहरूका किताब विशेष तरिकाले प्रकाशन हुन्छन्, हामीले पनि लेखनमा सधैँ प्रयोग गर्दै आइरहेका नगरकोटीको यो किताबलाई विशेष तरिकाले प्रकाशन गर्न लागेका हौँ। ”

‘एसिड फ्री’ कागजमा छापिने किताब हार्ड कभरमा बक्स सहित उपलब्ध हुनेछ। एउटा बुक-मार्क, केही विशेष पोस्टकार्ड र झोला किताब सहित प्रत्येक ग्राहकले हात पार्नेछन् | साथै, हरेक ग्राहकले नगरकोटीको अटोग्राफ सहित किताब प्राप्त गर्नेछन्।

Advertisement

किताब प्रि-अर्डर गर्न आगामी फागुन १ गतेसम्म अगृम बुकिङ गर्न सकिनेछ। पुस्तकको मूल्य रु.२०२१ नेपाल इन्भेस्टमेन्ट बैंक, बुक–हिल पब्लिकेसन, पुल्चोक शाखाको खाता नं. ००४०१०१०२५८३६४ वा इसेवा ९८५१०३२४८६ मा जम्मा गर्न सकिनेछ।

“यो पुस्तक जति ग्राहकले प्रि-अर्डर गर्छन्, त्यति प्रति मात्र छापिनेछ | देश वा विदेशका कुनै पनि पुस्तक पसलमा यो पुस्तक उपलब्ध हुनेछैन | कुनै विक्रेताले बेच्न चाहेमा यो योजनामा सहभागी हुनुपर्नेछ | प्रि–बुकिङ गरेका ग्राहकका पुस्तक नेपाल भित्र निःशुल्क र नेपाल बाहिर ढुवानी शुल्क सहित डेलिभरी गरिनेछ,” बुकहिलका अध्यक्ष भूपेन्द्र खड्का भन्छन् ।

प्रि–बुकिङ गरेका ग्राहक पुस्तक विमोचन समारोहमा सहभागी हुन सक्नेछन् | पुन: मुद्रण र प्रकाशन नहुने यो पुस्तक आगामी चैत १४ गते शनिबार लोकार्पण गरिनेछ |