April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

साहित्यकार वानीरा गिरिको निधन

5.2K

काठमाडौँ – साहित्यकार डा. वानीरा गिरिको गएराति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाण्डु  बानेश्वरस्थित निजामती अस्पताल पुर्‍याइएको आधा घण्टामा नै उनको निधन भएको थियो । उनी मधुमेह र अल्जाइमर रोगबाट पनि पीडित थिइन् ।

त्रिमूर्ति निकेतनका आयोजनामा डा. गिरिलाई २०७१ सालमा प्रधानमन्त्री सुशील कोइरालाद्वारा रथारोहण गराइनाका साथै पाँच लाख राशिसहित ‘नेपाली साहित्यका विश्व नारीरत्न’को उपाधि पनि दिइएको थियो । विसं २०७६ मा वानीरा फाउण्डेशनको स्थापना भएको थियो । सो फाउण्डेशनको पूँजी करीब रु सात करोड बराबर छ संस्थाका सचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिए ।

गिरिको जन्म २००२ साल चैत २९ गते दार्जिलिङको खर्साङमा भएको थियो । उनी विसं २०२२ मा स्नातकोत्तर अध्ययन गर्न काठमाण्डु  आएकी थिइन्। उनी २०२५ सालदेखि पद्मकन्या कलेजमा प्राध्यापन पेशामा आबद्ध भइन् नेपाली भाषासाहित्यमा विद्यावारिधि गर्ने (गोपालप्रसाद रिमालको काव्यसम्बन्धी २०४२) उनी पहिलो नारी हुन् ।

Advertisement

डा. गिरिका जीवन थाय्मरु, शान्तनु, कारागार जस्ता कविता, निबन्ध र उपन्यास गरेर १४ कृति प्रकाशित छन् । उनका कृति विश्वका विविध भाषामा अनुवाद भएका छन् । डा. गिरिका पति, एक छोरा र एक छोरी छन् ।