April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

समयको कठघरा

5.3K

सत्ताका खेलाडीहरू
कहिलेसम्म रगतको आँसु पिइरहन्छौ ?
आँखा बन्द गरेर कहिलेसम्म लुटिरहन्छौ ?
विज्ञान समेत अन्धो भइरहेको
यस् बिभत्स समयमा
कोरोनाको फैलावटले
सिंगो धर्ती पुरिएको बखत
स्वास फेर्न प्रतिबन्ध समयमा
अक्सिजन नपाएर
मृत्यु शैयामा छट्पटाइरहेका हजारौं शरिरहरूले
तिमीसँग एक मुठ्ठी श्वास मागिरहेछन् ।

ओ सत्ताधारी !
तीनकै भोटले कुर्सी पाएका तिमी
समयको कठघरामा उभिएर
यो तितो समयलाई सम्बोधन गर्न किन सकेनौ ?

राजनितिका ठेकेदार, पेटीठेकेदारहरु
बाडेका सपनाहरु तुहिए पनि
बिरामी र आफन्तहरू
रित्तो-रित्तो घर
उदास समय अनि हतोत्साहित मनहरूक‍ो लागि
अक्सिजन बनेर
आउनु पर्ने यो क्षण
समयको कठघराबाट
विक्षिप्त मुहारहरूलाई केही त सम्बोधन गर !

Advertisement