June 24, 2025, Tuesday
२०८२ असार १०
1:37:26 pm

वर्ल्ड स्लिपिङ डे: चीनका ६० प्रतिशत युवा ११ बजेपछि मात्रै सुत्छन्!

3.7K

बेइजिङ- चीनका ६० प्रतिशत युवा राति ११ बजेपछि मात्रै सुत्‍न जाने गरेको एक सर्वेक्षणले देखाएको छ।

चाइना युथ डेलीले हालै गरेको सर्वेक्षणमा सहभागी युवामध्ये ६० प्रतिशतले राति ११ बजेपछि मात्रै सुत्‍न जाने गरेको जवाफ दिएका हुन्।

आइतबार पर्ने २१औँ विश्व सुताइ दिवस (वर्ल्ड स्लिपिङ डे) को अवसर पारेर यो सर्वेक्षणको प्रतिवेदन सार्वजनिक गरिएको सर्वेक्षणकर्ताहरुले जनाएका छन्।

Advertisement

सर्वेक्षणमा दुई हजार दुई जना सहभागी भएका थिए। उनीहरु १८ देखि ३५ वर्षसम्मका थिए। सर्वेक्षणमा सहभागी ८.५ प्रतिशतले मात्रै आवश्यकता अनुसारको सुताइ मानिने आठ घण्टा सुत्‍ने गरेको जवाफ दिएका थिए।

बेइजिङस्थित एउटा निजी कम्पनीमा कार्यरत २९ वर्षीय हु बोले मध्यरातभन्दा अगाडि कहिले कहिले मात्रै सुत्‍ने गरेको बताए।