भारत । ओडिशाको पुरीमा श्री गुन्डिचा मन्दिर नजिक भागदौड हुँदा दुई महिलासहित तीन जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
रथयात्रा सम्पन्न भएको एक दिनपछि आज तड्के पुरीमा सवार रथमा सवार त्रिमूर्ति (जगन्नाथ, बलभद्र, सुभद्रा) हेर्नलाई मानिसहरू जम्मा भएका थिए ।
रथयात्राका क्रममा भागदौड हुँदा मृत्यु भएको यो घटना पहिलो भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । दुर्घटनाबारे जिल्ला अधिकारी पुरीका जिल्ला अधिकारी सिद्धार्थ एस.स्वाईंले सबै घाइतेहरु खतरामुक्त भएको जानकारी दिएका छन् ।




