November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

आटा लिन गएका प्यालेस्टीनीमाथि इजरायली सेनाले गोली चलाउँदा २५ जना मारिए

1.1K

गाजा । गाजाका अस्पतालले सहायता सामग्री लिने प्रयासमा २५ जना प्यालेस्टिनी नागरिक मारिएको बताएका छन् । शहरी क्षेत्रका अस्पतालले इजरायली आक्रमणमा परी बुधबार राति २५ जनाको मृत्यु भएको बताएका छन् ।

अस्पतालका अनुसार इजरायली सैन्य क्षेत्र नेत्जारिम करिडोरमा यो घटना एक समूह अमेरिका र इजरायलद्वारा सञ्चालित ह्यूमेनिटेरियन फाउन्डेशनको खाद्य वितरण केन्द्रमा आटा लिन गएका बेला भएको हो ।

हमासको नागरिक सुरक्षा एजेन्सीले इजरायली सेनाले गोलाबारी गरेको बताएको छ । कैयौं मानिसलाई ट्रकले कुचलेको पनि बताइएको छ । यता इजरायली सेनाले पनि सन्दिग्धहरु नजिक आउँदा सेनाले चेतावनीस्वरुप गोली चलाएको बताएको छ ।

Advertisement

खान युनुस्थित एक अस्पतालका अनुसार दक्षिणी राफामा जीएचएफस्थल नजिक इजराली गोलाबारीमा १४ अन्य मानिस पनि मारिएका छन् । राफाबाट प्राप्त रिपोर्टहरुलाई अध्ययन गरिरहेको इजरायली सेनाले जनाएको छ ।