March 8, 2026, Sunday
२०८२ फाल्गुन २४
1:37:26 pm

इजरायली आक्रमणमा १६ हजारभन्दा बढी विद्यार्थीको मृत्यु

1.1K

प्यालेस्टिनी शिक्षा मन्त्रालयले गाजा पट्टी र वेस्ट बैङ्कमा इजरायली आक्रमण सुरु भएदेखि १६ हजार ३८२ विद्यार्थीको मृत्यु हुनुका साथै २५ हजार ९५९ जना घाइते भएको जनाएको छ।

मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी घटनाको पुष्टि गरेको हो। मन्त्रालयले इजरायली हाक्रमणमा ९१७ जना शिक्षक तथा प्रशासकहरू शहीद भएको तथा  वेस्ट बैङ्कमा चार हजार ३४७ जना घाइते भएको र १९६ भन्दा बढीलाई हिरासतमा राखिएको जनाएको छ।

pin up pinup

गाजाका ४४३ वटा सरकारी विद्यालय, विश्वविद्यालय र तिनीहरूसँग सम्बद्ध भवनहरू तथा संयुक्त राष्ट्र राहत र कार्य एजेन्सी (युएनआरडब्लुए) सँग सम्बद्ध ९१ वटा विद्यालयहरूमा बम प्रहार गरी तोडफोड भएको उल्लेख गरिएको छ। 

Advertisement

वेस्ट बैङ्कामा १५२ वटा विद्यालय र आठवटा विश्वविद्यालयमा छापा मारेर तोडफोड गरिएको जनाइएको छ। जेरुसेलमका छ वटा युएनआरडब्लुएसँग सम्बद्ध स्कुल मे ८ देखि बन्द रहेको छ।