काठमाडौं । रुसमा युक्रेनी सीमा नजिकै राजमार्गको पुल भत्किएर रेलमाथि खस्दा कम्तीमा सात जनाको मृत्यु भएको छ । ब्रायन्स्क भन्ने क्षेत्रमा दुर्घटना भएको रुसको आपत्कालीन सेवाले जनाएको छ ।
शनिबार राति ब्रायन्स्कमा रहेको पुल भत्किँदा धेरै भारी ट्रकहरू चलिरहेको यात्रुवाहक रेलमा ठोक्किदा ३१ जना घाइते भएको बीबीसी समाचारले उल्लेख गरेको छ ।
रूसी आपतकालीन मन्त्रालयले अग्निनियन्त्रक र उद्धार इकाइहरूले रेलमा यात्रा गरिरहेका मानिसहरूलाई खोज्ने प्रयास गरिरहेको बताएको छ ।
टेलिग्राममा पोस्ट गरिएको एक विज्ञप्तिमा, मस्को रेलवेले पुल “यातायात सञ्चालनमा अवैध हस्तक्षेपको परिणामस्वरूप” भत्किएको आरोप लगाएको छ । दुर्घटनामा कम्तीमा ३२ जना घाइते भएका छन् । उद्धारकर्मीहरूले अझै पनि रेलभित्र फसेका मानिसको खोजी गरिरहेको रुसको आपत्कालीन मन्त्रालयले बताएको छ ।
मस्कोको अन्तर–क्षेत्रीय यातायात अभियोजन कार्यालयले घटनाको अनुसन्धान सुरु गरिएको बताएको छ । अधिकारीहरूले दुर्घटनाको समयमा रेल गुज्रिरहेको र पुल भत्किँदा यसको इन्जिन र केही कोच पटरीबाट खसेको बताएका छन् ।




