February 9, 2025, Sunday
२०८१ माघ २७
1:37:26 pm

टाटा ट्रस्टको नयाँ अध्यक्ष नोएल टाटा

890

काठमाडौं । टाटा ट्रस्टको नयाँ अध्यक्ष नोएल टाटा बन्ने  भएका छन् । रतन टाटाको निधनपछि नोएलले ट्रस्टको नेतृत्व गर्ने जिम्मेवारी पाएका हुन् । 

बुधबार राति  रतन टाटाको निधन भएको थियो । नोएल रतनका सौतेनी भाइ हुन् । शुक्रबार  बसेको ट्रस्टको बोर्ड  बैठकले ६७ वर्षीय नोएललाई  नयाँ अध्यक्षका रूपमा चयन गरेको हो । 

नोएलले पहिलेदेखि नै टाटा सन्सको नेतृत्व सम्हाल्दै आएका छन् । रतन टाटाको शेषपछि अब नोएलले करिब ३४ लाख करोड भारतीय रुपैयाँबराबरको टाटा समूहको नेतृत्व सम्हाल्नेछन् ।

Advertisement

अहिले भने टाटा समूहको नेतृत्व एन चन्द्रशेखरनले गर्दै आएका छन् । टाटा कन्सलटेन्सी सर्भिसेजका सीईओ रहेका चन्द्रशेखरनले सन् २०१७ देखि टाटा सन्सको अध्यक्ष पदमा छन् । टाटा सन्स प्राइभेट लिमिटेड टाटा समूहको प्रमुख होल्डिङ कम्पनी र प्रमोटर हो ।