January 21, 2025, Tuesday
२०८१ माघ ८
1:37:26 pm

कङ्गोमा तीन अमेरिकी नागरिकसहित ३७ जनालाई मृत्युदण्डको सजाय

1.1K

कङ्गोमा तीन अमेरिकी नागरिकसहित ३७ जनालाई मृत्युदण्डको सजाय दिइएको छ । गत मे महिनामा प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा भएको असफल ‘कू’ को प्रयासमा भूमिका खेलेको आरोपमा त्यहाँको सैनिक अदालतले तीन अमेरिकी नागरिकसहित ३७ जनालाई मृत्युदण्डको सजाय सुनाएको हो ।

सैनिक अदालतलको अधिकारीद्वारा लाइभ टिभीमार्फत पढेको फैसलामा तीन अमेरिकी अभियुक्त मार्सेल मलङ्गा, टायलर थम्पसन र बेन्जामिन जाल्मान-पोलुनसहित ३७ जनालाई आपराधिक षड्यन्त्र, आतंकवाद र अन्य आरोपमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइएको रोयटर्सले जनाएको छ।

यो फैसला राजधानी किन्शासाको बाहिरी भागमा रहेको एनडोलो सैन्य जेलको आँगनमा रहेको पालमुनि पढेर सुनाइएको थियो। फैसला सुनाइरहेको बेला कैदीहरु पनि उपस्थित थिए । तीन अमेरिकी नागिरिकसहित बेलायत, बल्जियम र क्यानडाको नागरिकपनि मृत्युदण्डको सजायमा परेको बताइएको छ । त्यस्तै फैसला सुनाउने क्रममा अन्य १४ जनालाई माफि दिइएको थियो ।

Advertisement

कङ्गोमा गत मे १९ मा विपक्षी नेता क्रिस्चियन मलांगाको नेतृत्वमा रष्ट्रपति भवन र राष्ट्रपति फेलिक्स त्सेसीकेदीका नजिकका सहयोगीलाई निशाना बनाएर हतियारधारीहरुले कू गर्ने प्रयास गरेको थियो । कू गर्ने प्रयासमा त्यसबेला कम्तीमा ६ जनाको मृत्यु भएको थियो ।

हतियारधारी समूहले बल प्रयोग गर्दै केही समयका लागि राष्ट्रपति भवनलाई कब्जामा लिए पनि कंगो सेनाले हतियारधारीको कब्जाबाट राष्ट्रपति भवनलाई आफ्नो नियन्त्रणमा लिन जवाफी कारबाही गरेको थियो । सोही क्रममा विपक्षी नेता मलंगालाई सेनाले गोली हानी हत्या गरेको थियो । त्यसपछि हतियारधारीले राष्ट्रपति भवन छाडेका थिए ।