April 18, 2025, Friday
२०८२ बैशाख ५
1:37:26 pm

अरु महिलालाई हेरेको भन्दै ब्वायफ्रेण्डको आँखामा रेबिजमा लगाउने सुईले आक्रमण

2K

काठमाडौं । आफ्नो ब्वायफ्रेण्डले अरु महिलालाई हेरेको भन्दै एकजना महिलाले ब्वायफ्रेण्डको आँखामा रेबिजमा लगाउने सुईले आक्रमण गरेकी छिन् । गत नोभेम्बर २५ मा अमेरिकाको फ्लोरिडास्थित मायामीमा ४४ वर्षकी सान्ड्रा जिमेनेजरले उनका पार्टनरलाई रेबिजमा लाउने सुईले आक्रमण गरेकि हुन् ।

दुईबीच आपसमा घरझगडा परिरहने र पार्टनरले अरु महिलामाथि आँखा लगाएको कुराले आवेगमा आएपछि ती महिलाले नोभेम्बर २५, शनिवारको रात भौतिक आक्रमण गरेको जनाइएको छ।


पार्टनर सोफामा पल्टिरहेको मौकामा जिमेनेजले कुकुरलाई रेबिजको खोप लगाउन भनेर ल्याएका दुईवटा सुईले उनको दाहिने आँखामा प्रहार गरेको जनाइएको छ।

Advertisement

आँखामा रेबिजको सुईले आक्रमण गर्दा आँखामा गम्भीर चोट लागेको र उनलाई आकस्मिक उपचारका लागि तत्कालै अस्पताल लगिएको अन्तर्राष्ट्रिय समाचारहरूमा उल्लेख छ ।

ती महिला तत्कालै घटनास्थलबाट फरार तर प्रहरीले खोजतलास गर्ने क्रममा उनलाई आफ्नै घर बाहिर पार्किङ गरिराखेको कारभित्र सुतिरहेको अवस्थामा फेला पारेर पक्राउ गरिएको जनाइएको छ ।

उनी विरुद्ध चलेको मुद्दामा अदालतले उनलाई मायामी डेड काउन्टी जेलमा पठाउने आदेश दिएपनि हाल उनी साडे ७ हजार धरौटी तिरेर घरमै नजरबन्दमा बसेकी छिन् ।