April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

एसिया कप: आज भारत र पाकिस्तान खेल्दै

1.9K

काठमाडौं । एसिया कप क्रिकेट अन्तर्गतको खेलमा आज भारत र पाकिस्तान खेल्दै छन् । खेल नेपाली समयअनुसार दिउँसो सवा ३ मा सुरु हुनेछ ।

श्रीलङ्काको कोलोम्बोस्थीत आर प्रेमदासा क्रिकेट स्टेडियममा हुने भारत र पाकिस्तानबीचको यो दोस्रो खेल हुनेछ । सेप्टेम्बर–२ तारिखमा भएको समूह चरणको खेल वर्षाको कारण पुरा हुन नसकेर बराबरीमा सकिएको थियो । सुपर फोरको पहिलो खेलमा पाकिस्तानले बङ्गलादेशलाई पराजित गरी सुखद सुरुआत गरेको थियो ।

भारतको भने यो सुपर फोरको पहिलो खेल हो । आजको खेल वर्षाले प्रभावित हुन सक्ने अवस्थामा ‘रिजर्भ डे’ राखिएको छ । आज खेल पूरा हुन नसकेमा भोलि हुनेछ ।

Advertisement

सुपर फोरमा समूह ए बाट पाकिस्तान र भारत तथा समूह बी बाट श्रीलङ्का र बङ्गलादेश पुगेका थिए । एसिया कप क्रिकेटमा श्रीलङ्कासँग पराजित हुँदै बङ्लादेश बाहिरिएको छ ।