काठमडौं । एसिया कपको ‘सुपर फोर’को पहिलो खेलमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटले हराएको छ । गएराति पाकिस्तानले घरेलु मैदानमा बंगलादेशमाथि सहज जित निकालेको हो ।
पञ्जाबको गद्दाफी स्टेडियममा बंगलादेशले पाकिस्तानलाई १९४ रनको लक्ष्य दिएको थियो । पाकिस्तानले ३९.३ ओभर खेल्दै तीन विकेटको क्षतिमा लक्ष भेटाएको थियो ।
पाकिस्तानका लागि ओपनर इमाम उल हकले सर्वाधिक ७८ रन बनाए । ८४ बल खेलेका उनले पाँच चौका र ४ छक्का प्रहार गरे । त्यस्तै मोहम्मद रिजवानले ७९ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै नट आउट ६३ रन जोडे भने अर्का ओपनर फखर जमनले ३१ बलमा ३ चौका प्रहार गरी २० रन जोडे ।
कप्तान बाबर आजमले बंगलादेशविरूद्धको खेलमा १७ रनमात्रै बनाए भने अघा सलमानले नट आउट १२ रनको योगदान गरे ।
बलिङतर्फ बंगलादेशका तास्किन अहमद, शोरिफुल इस्लाम र मेहिदी हसन मिराजले एकरएक विकेट लिए ।