April 18, 2025, Friday
२०८२ बैशाख ५
1:37:26 pm

मानवरहित यान (ड्रोन)हरू ‘नष्ट वा तटस्थ’ भएको रुसको दाबी

2.5K

मस्कोमा भएको आक्रमणमा सबै मानवरहित यान (ड्रोन)हरू ‘नष्ट वा तटस्थ’ भएको रुसले दाबी गरेको छ । क्रेमलिनका प्रवक्ता डिमीट्री पेस्कोभले मंगलबार मस्कोमा भएको आक्रमणमा संलग्न सबै ड्रोन( मानवरहित यान) या त “नष्ट वा निष्प्रभावी” भएको बताएका हुन्।

रुसको रक्षा मन्त्रालयले यसअघि मंगलबार मस्को नजिकै पाँच युक्रेनी ड्रोन(मानवरहित युद्धयान)लाई रोकेको र घटनालाई आतङ्ककारी आक्रमण भएको बताएको थियो।

पत्रकारहरूसँग गरिएको नियमित सम्मेलन आक्रमणको बारेमा टिप्पणी गर्न प्रश्न गर्दा पेस्कोभले रक्षा प्रणालीको प्रदर्शनको व्यावसायिक मूल्याङ्कन दिन नसकिने बताए ।

Advertisement

“हामी मात्र भन्न सक्छौं कि यी सबै मानवरहित युद्धयान (ड्रोन)हरू या त नष्ट गरिएको थियो वा उपयुक्त प्रणालीहरू प्रयोग गरेर तटस्थ गरिएको थियो,” उनले जवाफ दिए ।