February 7, 2025, Friday
२०८१ माघ २५
1:37:26 pm

भारतको महाराष्ट्रमा आगलागीका कारण बस दुर्घटना हुँदा २५ जनाको मृत्यु

2.4K

मुम्बई । भारतको महाराष्ट्रमा बस दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ । शनिबार राति करिब २ बजे बुलढानामा यवतमालबाट पुणे जाँदै गरेको समृद्धि महामार्ग एक्सप्रेस दुर्घटनामा पर्दा बसमा सवार २५ को मृत्यु भएको हो ।

भारतीय समाचारहरूले उल्लेख गरेअनुसार बसमा ३३ जना सवार थिए । जसमध्ये २५ जनाको आगलागीका कारण घटनास्थलमा नै  मृत्यु भएको थियो । सोही क्रममा घाइते भएका अन्य व्यक्तिलाई बुलढाना सिभिल अस्पतालमा भर्ना गरिएको छ ।

दुर्घटनाका क्रममा बसबाट ठुलो मात्रामा डिजेल सडकमा फैलिएको बताइएको छ । डिजेल चुहावटका कारण बसमा आगलागी भएको जनाइएको छ ।

Advertisement