काठमाडौं। भारतको ओडिसामा यात्रुबस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने ८ जना गम्भीर घाइते भएका छन् । गएराति ओडिसाको गंजम जिल्लामा बस दुर्घटना भएको भारतीय समाचारहरूमा उल्लेख छ ।ओडिसा राज्यको सडक परिवहन निगमको बस र एक निजी बस ठोक्किएर दुर्घटना भएको हो । ओडिसाका मुख्यमन्त्रीले दुर्घटनामा दुःख व्यक्त गर्दै मृतकका परिवारलाई ३-३ लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेका छन् ।