April 18, 2025, Friday
२०८२ बैशाख ५
1:37:26 pm

गोली लागेर घाइते भएकी म्यानमारकी गायिका लिली नाइङ क्यावको मृत्यु

4.5K

लन्डन। म्यानमारकी गायिका लिली नाइङ क्यावको मृत्यु भएको छ । टाउकोमा गोली लागेर गम्भीर घाइते भएकी क्यावको उपचारको क्रममा याङ्गुन अस्पतालमा निधन भएको हो ।

सेनाको विरोध गर्ने बन्दुकधारीहरूले उनलाई गोली हानेका थिए । गोली लागेको एक सातापछि क्याबको मृत्यु भएको हो ।

उनको मृत्युले सैन्य समर्थकहरूलाई मात्र होइन, सेना समर्थक मिडियामा काम गर्ने सेलिब्रेटीहरूलाई पनि स्तब्ध बनाएको जनाईएको छ ।

Advertisement

बीवीसीका अनुसार ५८ वर्षीया गायिका क्याब सेनाका उच्च अधिकारी तथा जुन्ताका शिर्ष नेताहरूको नजिक थिइन्  । उनलाई जुन्ताको सूचनादाता भएको आरोप पनि लगार्इदै आईएको थियो । उनको हत्याको आरोपमा दुई जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ । पक्राउ परेकाहरु सेनाको विरुद्धमा सहरी छापामार गरिरहेका समूहसँग सम्बन्धित रहेको बताइएको छ ।

सुश्री क्यावको हत्या उच्च प्रोफाइल सरकारी समर्थकहरूको हत्याको शृङ्खलाको पछिल्लो घटना हो।