November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

अफगानिस्तानको एक ग्रामीण क्षेत्रमा दर्जनौं छात्रासहित ८७ जनालाई विष खुवाइयो

3.9K

काबुल । अफगानिस्तानको एक ग्रामीण क्षेत्रमा दर्जनौं छात्रासहित ८७ जनालाई विष खुवाइएको छ । स्थानीय प्रशासनले जनाएअनुसार अफगानिस्तानको उत्तरी सार–ए–पोल प्रान्तको सञ्चारक जिल्लामा आइतबार एक प्राथमिक विद्यालयका उनीहरूलाई विष खुवाइएको हो ।

एक अधिकारीले भने, ‘फैजाबाद छात्रा विद्यालयका ७७ जना विद्यार्थी, सात जना शिक्षक, पाँच जना अभिभावक र एक जना कर्मचारीलाई विष खुवाइएको थियो । उनीहरूको अवस्था स्थिर छ । अधिकारीका अनुसार घटनाबारे अनुसन्धान सुरु गरिएको छ ।

यसैबीच एक पीडित छात्राकी आमा महनाजले घटनाको निन्दा गर्दै प्रान्तीय प्रशासनलाई घटनामा संलग्नको पहिचान गरी कानूनको कठघरामा ल्याउन आग्रह गरेकी छन् ्््््प,। अर्का विद्यार्थी अली आगा करबलाईका पिताले प्रभावित विद्यार्थीको संख्या ८० भन्दा बढी रहेको बताउँदै छोरीको शीघ्र स्वास्थ्यलाभका लागि प्रार्थना गरिरहेको जानकारी दिए ।

Advertisement

गाउँलेका अनुसार आइतबार एक्कासि बिरामी परेपछि उनीहरूलार्ई अस्पताल लगिएको थियो । उनीहरूलाई कसरी विष खुवाइयो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।