March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

माक्स अनिवार्य लगाउनुपर्ने नियम हटाउँदै हङकङ

२०७९ फाल्गुन १६

4.3K

हङकङ । हङकङ सरकारले लामो समयदेखि लागु हुँदै आएको ‘माक्स म्यान्डेट’ हटाउने भएको छ । प्रमुख कार्यकारी जोन लीका अनुसार बुधबारदेखि कोभिड–१९ मास्कको जनादेश खारेज गरिन लागिएको हो ।

मंगलबार आफ्नो साप्ताहिक प्रेस ब्रीफिङ्को क्रममा लीले यस्तो घोषणा गरेका हुन् । छिमेकी मकाउले आफ्नो ‘बाहिरी मास्क जनादेश’ छोडेको एक दिन पछि हङकङले पनि हटाउने निर्णय लिएको हो ।

हङकङ सरकारको स्वास्थ्य प्रमुख लो चुंग–माउले मास्क नियम हटाइए पनि मेडिकल सुविधाहरूमा भने मास्क लगाउन आग्रह गर्न प्रशासनिक उपायहरू लिने बताएका छन् । ‘सरकारले आवासीय घरहरूमा कर्मचारी र आगन्तुकहरूलाई मास्क लगाउन आग्रह गर्छ ।’, प्रमुख माउले भने । उनले पुरानो रोग वा कमजोर प्रतिरक्षा प्रणाली भएका मानिसहरूले हावा भेन्टिलेशन कम भएको ठाउँमा मास्क लगाउनु पर्ने पनि बताए ।

Advertisement

हङकङ पूर्णतया सामान्य अवस्थामा फर्किएको फर्किएको हुँदा मास्क नियम हटाउने निर्णय गरिएको उनको भनाइ छ । बुधवारदेखि माध्यमिक विद्यालयका विद्यार्थीहरूले विद्यालयमा प्रवेश गर्नको लागि दैनिक द्रुत कोभिड परीक्षणहरू लिन आवश्यक छैन नरहेको यद्यपि यो नियम प्राथमिक विद्यालयहरू र किन्डरगार्टेनहरूको लागि अर्को दुई हप्ताको लागि कायम रहेको जनाइएको छ ।