April 23, 2025, Wednesday
२०८२ बैशाख १०
1:37:26 pm

फिफालाई निलम्बनमा पुनर्विचार गर्न एआइएफएफको आग्रह

3K

काठमाडाैं । भारतीय फुटबल महासंघ (एआइएफएफ) ले फिफालाई पत्र लेख्दै कारबाहीमाथि पुनर्विचार गर्न आग्रह गरेको छ। कार्यवाहक महासचिव सुनान्दो धरले सर्वोच्चले गठन गरेको समिति भंग भएको र चुनावको अधिकार एआइएफएफलाई नै भएको भन्दै फिफालाई निलम्बन पुनर्विचार गर्न आग्रह गरेका हुन्। सोमबार भारतको सर्वोच्च अदालतले आफैँले बनाएको तीन सदस्यीय कार्यदल भंग गर्दै प्रतिबन्ध फुकुवाका लागि सहज वातावरण बनाएको थियो।

एआइएफएफका पत्रमार्फत संघको वर्तमान अवस्थाबारे जानकारी दिँदै निलम्बनबारे पुनर्विचार गर्न आग्रह गरेका हुन्। ‘हामी भारतको सर्वोच्च अदालतले महासंघको मुद्दाबारे बनाएको तीन सदस्यीय कमिटी भंग गरेको जानकारी गराउन चाहन्छौं’‚ उनले भने‚ ‘एआइएफएफको दैनिक मामिलाको पूर्ण जिम्मेवारी एआइएफएफमा आएको जानकारी गराउँदै निलम्बन पुनर्विचार गर्न आग्रह गर्छौं’‚  महासचिव धरले लेखेको पत्रमा उल्लेख छ।

उनले निलम्बन फुकुवाका लागि फिफाका शर्तहरूको पूर्ण पालना भएकाले हामी भारतमा फुटबल सुचारु गर्नका लागि चाँडो निलम्बन फुकुवाका लागि अनुरोध गर्दछौं। यसअघि फिफाको निलम्बन फुकुवाका लागि भारतीय सर्वोच्च अदालतले यसअघि गठन गरेको तीन सदस्यीय कमिटी भंग गरेको थियो।

Advertisement

त्यसअघि सन् २०२० मा हुनुपर्ने निर्वाचन १८ महिनासम्म नभएपछि अदालतले एआइएफएफका अध्यक्ष प्रफुल पटेललाई पदबाट हटाउँदै संघको कार्यसम्पादनका लागि तीन सदस्यीय कमिटी गठन गरेको थियो। तर  फिफाले तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै अगस्ट १६ मा अर्को निर्णय नभएसम्मका लागि एआइएफएफलाई निलम्बन गर्ने निर्णय गरेको थियो।