काठमाडौं । बंगलादेशको एउटा फेरीमा आगो लाग्दा ३२ जनाको मृत्यु भएको छ । दुर्घटनाग्रस्त फेरीमा ५०० जना यात्रु थिए ।
राजधानी ढाकाबाट २५० किलोमिटर दक्षिणमा अवस्थित झाकाकाथीमा शुक्रबार बिहान आगो लागेको हो । आगो लागेपछि कोहि नदीमा हाम फालेका थिए ।
फेरीमा आगो लागेर घाइते १०० जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
स्थानीय प्रहरीका अनुसार तीन तले सो फेरी नदीको बीचमा आगो लागेको थियो । आगलागीमा जलेका ३२ जनाको शव फेला परेको छ । मृतकको सङ्ख्या अझै बढ्न बढ्न सक्ने प्रहरीले जनाएको छ ।
विज्ञहरुका अनुसार मर्मतसम्भारको अभाव, न्यून सुरक्षा र क्षमताभन्दा बढी यात्रुका कारण बंगलादेशमा बारम्बार फेरी दुर्घटनामा पर्ने गरेका छन् ।