November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

महिला सहयोगीलाई चुम्बन गरेका बेलायती स्वास्थ्यमन्त्रीले दिए राजीनामा

2.7K

काठमाडौँ- कोरोना भाइरसको महामारीलाई बेवास्ता गर्दै आफ्नै एक महिला सहयोगीलाई चुम्बन गरेका बेलायती स्वास्थ्य मन्त्री म्याट ह्यानककले राजीनामा दिएका छन्।

कोरोनाभाइरस नियन्त्रणका लागि बनाइएका स्वास्थ्य मापदण्ड तोड्दै उनले केही समयअघि एक महिला सहयोगीलाई अँगालो हालेर चुम्बन गरेका थिए । लगत्तै उनको चर्को आलोचना भएको थियो ।

उनले अँगालो हालेको र चुम्बन गरेको तस्वीर द सन पत्रिकाले शुक्रबार छापेको थियो । अरूलाई मात्रै मापदण्ड मन्त्रीलाई नियम नलाग्ने भन्दै उनको चर्को आलोचना भएको थियो ।

Advertisement

ह्यानककले शनिबार प्रधानमन्त्री बोरिस जोन्सनलाई राजीनामा बुझाएका हुन्।