टोकियो- सन् २०२१ को जुलाई २३ बाट सुरु हुने तय भएको टोकियो ओलम्पिकमा विदेशी दर्शकलाई प्रवेश निषेध गरिने भएको छ। टोकियो ओलम्पिक आयोजक समितिका प्रमुख सेको हासिमोतोले विदेशी दर्शकलाई प्रवेश गराउन नसकिने अवस्था आएको बताएका हुन्।
कोरोना भाइरसको संक्रमण जारी रहेका कारण विदेशी दर्शकलाई प्रवेश निषेध गर्न लागिएको हासिमोतोको भनाइ छ। विश्वभर करिब ४० करोड डोज खोप लगाइए पनि टोकियो ओलम्पिक आयोजक समितिले ठूलो संख्यामा विदेशी दर्शकलाई तत्कालै आमन्त्रण गर्न सकिने अवस्था नरहेको बताएको हो।
हामीले सबै सहभागीका लागि सुरक्षित र भरपर्दो वातावरण सुनिश्चित गर्नु पर्दछ,’ टोकियो आयोजक समितिका प्रमुख सेको हासिमोतोले भने, ‘यो अपरिहार्य निर्णय हो।’ ओलम्पिक खेलको इतिहासमै विदेशी दर्शकलाई आमन्त्रण नगरिएको यो पहिलो पटक हो।