April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

पाकिस्तानका शैक्षिक संस्थाहरु फेरि बन्द गरिँदै

2.7K

एजेन्सी- कोरोन भाइरसको संक्रमण  बढेपछि पाकिस्तानमा फेरि शैक्षिक संस्थाहरु बन्दको घोषणा गरिएको छ ।

सरकारी अधिकारीहरुले सोमबार गरेको घोषणा अनुसार आगामी बिहीबारदेखि शैक्षिक संस्थाहरु बन्द हुने भएका हुन् ।

घोषणामा शैक्षिक संस्था अर्को बर्षको जनवरी १० तारिखसम्म बन्द गर्ने उल्लेख गरिएको छ ।

Advertisement

शैक्षिक संस्थाहरु बन्द हुने भएपछि अहिले तय गरिएका सवै परीक्षाहरु पनि स्थगित गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

वर्ल्डोमिटर्सका अनुसार पाकिस्तानमा मंगलबार बिहान यो समाचार तयार पार्दासम्म ३ लाख ७६ हजार ९२९ जनामा संक्रमण पुष्टि भएको छ ।