
हङकङ । खोटाङ समाज हङकङले सांगीतिक कार्यक्रम हलेसी साँझको पाँचौं संस्करण आयोजना गर्ने भएको छ । समाजका अध्यक्ष पेङ किरातको अध्यक्षतामा गरिएको जानकारी सभामा ‘हलेसी साँझ–५’को पोस्टर सार्वजनिक गरिएको थियो ।
आगामी अक्टोबर १९ तारिखको साँझ युनलङस्थित युनलङ थिएटर अडिटोरियममा सम्पन्न हुने उक्त साँझमा शीर्ष कलाकार राजेश पायल राई र नेपालका सुपरिचित कलाकार रचना रिमाल, पवित्रा साकी (मिस पवि), सिडी विजय अधिकारी, इन्द्रकला राई, अनिल कोयी राई, मोनिका राई र सम्झना योङहाङ लिम्बुको प्रस्तुति रहने जनाइएको छ । त्यस साँझमा स्थानीय नेपाली मोडल तथा डान्सर रेश्मा राई र अर्पना राईकासाथै संयुक्त स्टुडियो डान्सर ग्रुपको पनि विशेष प्रस्तुति रहने बताइएको छ ।
अभिभावकविहीन तथा आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित नेपालका बालबालिकाहरूको सहयोगार्थ आयोजना गरिएको सो साँझको सञ्चालन सुपरिचित उद्घोषक जित कर्ण राई र पूर्व मिसेस हङकङ पविता पुमा राईले गर्ने उल्लेख छ ।


जोर्डनमा रहेको जी फिप्टी रेस्टुरेन्टमा गरिएको हलेसी साँझको जानकारी सभामा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष शशिमदन राई, इलाम समाजका अध्यक्ष बसन्त (विपिन) राई,नेपाल फाइनान्सका प्रमुख धिराजकुमार राई, किरात राई यायोक्खाका संरक्षक हेजेन राई, हरिचन्द्र राई, सुदूर पूर्वी प्रवासी नेपाली संघ (फियोना)की अध्यक्ष कल्पना राई, भोजपुर समाजका अध्यक्ष विक्रम बान्तवा, किरात साम्पाङ राई जुम्लेखाका अध्यक्ष नारायण प्रसाद राई, बान्तावाखिमका अध्यक्ष दुर्गाकान्त राई, थुलुङ (राई) सामाका अध्यक्ष दिनेश थुलुङ राई, सोदेल कोयु÷कोयी किमका अध्यक्ष प्रकाश राई,किरात राई प्रज्ञा प्रतिष्ठानका उपकुलपति किन्दर राई,किरात राई खेलकुद परिषद्का अध्यक्ष हेमराज राई, आयोजक समाजका सल्लाहकार टिका कोयी राई, साहित्यकार बालिका बान्तवा,मोडल–डान्सर रेश्मा राई,अर्पना राईलगायत आयोजक संस्थाका पदाधिकारीहरूले उक्त ‘हलेसी साँझ–५’ को पोस्टर सार्वजनिक गरेका थिए ।





