April 24, 2025, Thursday
२०८२ बैशाख १२
1:37:26 pm

हङकङमा अभिनेत्री परीक्षा थाम्सुहाङ र स्क्रीप्ट राईटर बिकास सुवेदीलाई सम्मान

1.7K

जोर्डन । याक एन्ड यति रेष्टुरेन्टमा आयोयोजित एक कार्यक्रममा पुजार सार्की सिनेमा प्रिमियमका लागि हङकङ पुगेका अभिनेत्री परीक्षा थाम्सुहाङ र स्क्रिट राईटर बिकास सुवेदीलाई थाम्सुहाङ सेवा समाज हङकङ र किरात याक्थुङ चुम्लुङ हङकङद्वारा सम्मानित गरिएको छ ।

थाम्सुहाङ सेवा समाज हङकङका अध्यक्ष हंस बहादुर थाम्सुहाङ र चुम्लुङ हङकङका अध्यक्ष शम्शेर तुम्वाहाम्फेले नेपाल चिनाउने सिनेकर्मीहरूलाई सम्मानित गर्न पाउँदा अाफूहरू हर्षित भएको बताए । त्यस्तै सम्मानित अभिनेत्री परीक्षा थाम्सुहाङले – अाफ्नो बंश र समुदायबाट यसरी विदेशमा सम्मानित हुन पाउँदा आफू भावविह्वल भएको बताईन् ।

थाम्सुहाङ सेवा समाज हङकङका सल्लाहकार उत्तम थाम्सुहाङले स्वागत गरेको कार्यक्रममा “अागामि दिनमा पनि नेपालका प्रतिभाहरूलाई यसरी नै सम्मान गर्दै जाने” कार्यक्रम संचालक बिवस थाम्सुहाङले बताए ।
पुजार सार्कीको टिमलाई हङकङमा एनबिबि ग्रुपका विरेन थापा, ईश्वर बिक्रम शाह र पामाले गौचनले निम्त्याएका थिए ।

Advertisement