हङकङमा गुरुङ चलचित्र ‘कर्म क्याँ’ प्रदर्शन हुने भएको छ । गुरुङ संस्कार र संस्कृतिमा आधारित उक्त चलचित्र ४ फेब्रुअरीमा यउ मा तेइ कम्युनिटी हलमा प्रदर्शन हुने जनाइएको छ ।
तमु फिल्मस् प्रा.लि. को ब्यानरमा निर्माण भएको ‘कर्म क्याँ- कर्मको बाटो’ चलचित्र लिएर चलचित्रका सहनिर्देशक तथा अभिनेता गजेन्द्र गुरुङ, कार्यकारी निमार्ता, कथा/पटकथा तथा संगीतकार शंकर गुरुङ (बतासे), नायिका रिया गुरुङ र नायक विष्णु गुरुङ हङकङ आइपुगेको छन्।
जसमाया गुरुङ (जसु)द्वारा निर्देशित चलचित्रका कलाकार स्वागतका लागि टप माउन्टेन तेक्वान्डो संघ हङकङका सञ्चालक तथा अफिसियल पार्टनर सिनियर माष्टर गणेश गुरुङ, चलचित्र निर्माता पूर्ण गुरुङ, चन्द्र गुरुङ र नायक किशोर गुरुङ विमानस्थल पुगेका थिए।
उक्त चलचित्रका निर्देशक जसु गुरुङ भने फेब्रुअरी ३ मा मात्र हङकङ आइपुग्ने व्यस्थापक गणेश गुरुङले जानकारी दिए ।