हङकङ । हङकङमा सवारी दुर्घटना हुँदा एक नेपालीको मृत्यु भएको छ । तारिख शुक्रवार साँझ फ्यानलिङको शा ताउ कोक रोडको लङ येउक ताउ सडक खण्डमा आफैले चलाएको मर्सिडिज बेन्ज कार दुर्घटना हुँदा ६२ वर्षीय एक नेपाली पुरुषको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका पुरुषलाई उद्धार गरी नर्थ डिस्ट्रीक अस्पताल लगिएको तार उपचारको क्रममा चिकित्सकले मृत घोषित गरेको स्थानीय मिडिया एचके अन सीसीमले जनाएको छ ।
दुर्घटनापछि प्रहरी अधिकारीहरूले घटनास्थललाई घेरा हालेर दुर्घटनाको कारण र प्रक्रियाको अनुसन्धान गरेका छन् ।
समाचारमा उल्लेख भएअनुसार घटनाको बेला उनी मालिकका आफन्त र साथीहरूलाई लिन फ्यानलिङ एमटीआर स्टेशनतर्फ जाँदै थिए । त्यतिबेला ठूलो पानी परिरहेको थियो ।
मृतक नेपालीको हङकङमा कोही आफन्त वा साथी नभएको समाचारमा उल्लेख छ । तर, नेपालमा भने उनका छोराछोरी रहेको समाचारमा जनाइएको छ ।