काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिव डा. संगीता मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मिश्रविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दाको फाइल पेश गरेको हो ।
केही साताअघि जेन जीको सरकारमा स्वास्थ्यमन्त्री बन्ने चर्चामा रहेकी मिश्रविरुद्ध विशेष अदालतमा भर्खरै आरोपपत्र पेश भएको र फाइल रुजु गरी दर्ता गर्ने क्रम चलिरहेको बताइएको छ ।
उनी स्वास्थ्य सचिवको आकांक्षी समेत थिइन् । सरकारले उनको साटो डा. विकास देवकोटालाई सचिव बनाएपछि उनी बिदामा बसेकी थिइन् ।
जेन–जीको आन्दोलनपछि नयाँ सरकार गठन भएसँगै उनी मन्त्रालय जान थालेकी थिइन् । स्वास्थ्यमन्त्रीको रुपमा आफ्नो नाम समेत चर्चामा आउन थालेपछि उनले राजीनामा दिएकी थिइन् ।




