February 7, 2025, Friday
२०८१ माघ २५
1:37:26 pm

दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइतेको मृत्यु

530

विराटनगर । मेडिकल व्यवसायी दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते स्थानीय फुलेश्वर मेहताको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रहरीका अनुसार प्रसाईं सवार वागमती प्रदेश ०१–०२८ च ०२०१ नम्बरको गाडीले गत कात्तिक २५ गते कोशी गाउँपालिका–३ स्थित नहर चोकमा २ वटा मोटरसाइकललाई ठक्कर दिएको थियो । कोशी ब्यारेजतर्फ गइरहेको प्रसाईं सवार गाडीको ठक्करबाट घाइते स्थानीय ६० वर्षीय मेहताको उपचारका क्रममा शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनालगत्तै दाहिने खुट्टा र हातमा चोट लागेका मेहतालाई उपचारका लागि सप्तकोशी न्युरो अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य अवस्थामा सुधार नआएपछि उनलाई त्यहाँबाट थप उपचारका लागि नोबेल अस्पताल विराटनगर पठाइएको थियो ।

Advertisement

मृतक मेहताका परिवारजनले भने सप्तकोशी न्युरो अस्पतालको लापरबाहीबाट ज्यान गएको आरोप लगाएका छन् । चिकित्सकको लापरबाहीले बिरामीको ज्यान गएको भन्दै उनीहरूले घटना छानबिनको मागसमेत गरेका छन् ।

दुर्गा प्रसाइँ भने यतिबेला साइबर अपराधसम्बन्धी कसुरमा हिरासतमा छन् ।