काठमाडौं । चिसो मौसम शुरु भइसक्दा पनि डेंगु सक्रिमितको संख्या घटेको छैन । नेपालमा डेंगु संक्रमितको संख्या ४२ हजार नाघेको छ । अहिलेसम्म यो वर्ष संख्या ५१ जनाको ज्यान गएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगु संक्रमितको संख्या ४२ हजार ५ सय ४ पुगेको छ । यो संख्या सन् २००४ यताकै उच्च रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा जनाएको छ ।
महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा.गोकर्ण दाहालका अनुसार हाल देशका ७७ वटै जिल्लामा डेंगु संक्रमण फैलिएको छ ।