March 12, 2025, Wednesday
२०८१ फाल्गुन २९
1:37:26 pm

स्कटल्याण्डमा नेपाली नर्सहरुको संस्था गठन

3.6K

प्रकाश अर्याल

स्कटल्याण्ड । नेपलिज नर्सिङ एशसिएसन यूकेको सहकार्यमा स्कटल्याण्डमा पहिलोपटक नेपाल नर्सिङ एशोसिएसन स्कटल्याण्डको गठन गरेको छ । सामाजिक अभियन्ता एवम् लामो समयदेखि नर्सिङ पेशामा अनुभव भएकी सरोजा अर्यालको अध्यक्षतामा गठित समितिमा नर्सिङ पेशामा आवद्ध अनुभवी व्यक्तित्वहरुको संलग्नता रहेको छ ।

कार्यसमितिकाको उपाध्यक्षमा निशा बिष्ट, सचिवमा देवी कँडेल चयन भएका छन् । यस्तै संस्थाको सहसचिवमा कविता हुमागाईं, कोषाध्यक्षमा सर्विना बज्राचार्य, सहकोषाध्यक्षमा सुष्मा अर्याल तथा डण्डी एरिया कोओरÞडिनेटरमा चन्द्ररेखा अधिकारी रहेका छन् । एशोसिएसनको मुख्य सल्लाहकार एवं स्टुडेन्ट कोओरÞडिनेटरमा डा.राधा अधिकारी रहेका छन् ।

Advertisement

यस्तैगरि क्यामपेनरहरुमा अनु श्रेष्ठ, उषा सेढाई, शमिला कार्की सुस्मिता गुरुङ, बन्दना अर्याल, अंशु भट्टराई, निशा अर्याल र सजना भट्टराई रहेका छन् ।

एशोसिएसन गठनको भेलामा विभिन्न वक्ताहरुले स्कटल्याण्डमा नेपाली नर्सहरुको संगठनको आवश्यकता र नेपाली नर्सहरुबीच सदभाव र सहयोगको लागि समिति गठनको औचित्यबारे प्रकाश पारेका थिएद । उक्त अवसरमा डा. राधा अधिकारीले नेपाली नर्सहरूको अवस्था र संस्थाले गर्नुपर्ने सहयोगको बारेमा प्रकाश पारेकी थिइन् ।

नवगठित कार्य समितिले स्कटल्याण्डमा रहेका नेपाली नर्सलाई आवश्यक परेको अवस्थामा सहयोग सुझाव सल्लाह दिनुका साथै नेपालको स्वस्थसेवामा आवश्यक सहयोग गर्ने जनाएको छ ।

उक्त समिति नेपलिज नर्सिङ एशसिएसन यूके कि अध्यक्ष सुनिता गौतमको सहयोग र मार्गदर्शन अनुसार गठन भएको थियो ।