April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

एक क्विन्टल सुन प्रकरण: भन्सार एजेन्ट रूक्मिना सुब्बा हाजिर जमानीमा छुटिन्

1.6K

काठमाडौं । एक क्विन्टल सुन प्रकरणमा पक्राउ परेकी भन्सार एजेन्ट रूक्मिना सुब्बा हाजिर जमानीमा छुटेकी छन्। घाँटीको क्यान्सरकी बिरामी उनलाई बुवा र श्रीमानको जिम्मामा बिहीवार छाडिएको हो।

राजस्व अनुसन्धान विभाग स्रोतका अनुसार उनलाई उपचारका लागि हाजिर जमानीमा छाडिएको हो । एक क्विन्टल सुन प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परिसकेका छन् । तीमध्ये सुब्बा छुटेकी हुन्।

साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट छुटेको अन्दाजी १०० किलो सुन अनुसन्धान विभाग टोलीले बरामद गरेको थियो। हङकङबाट क्याथे प्यासिफिक एयरवेजको जहाजबाट ल्याइएको ब्रेक(शुमा लुकाएर सुन भित्र्याइएको थियो।

Advertisement

उक्त प्रकरणमा विभागले साउन १४ गते बेल्जियन नागरिक दावा छिरिङलाई पक्राउ गरेको थियो भने साउन १० गते नरेश भन्ने सुरेन्द्र तामाङलाई पक्राउ गरेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कार्यरत तीन जना कर्मचारी अधिकृत सन्तोष चन्द, खरिदार एवं जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ पनि पक्राउ परेका छन्। कार्य(सम्पादनमा लापरबाही देखिएको भन्दै भन्सार विभागले निलम्बन गरेको उनीहरूलाई पछि राजस्व अनुसन्धान विभागले पक्राउ गरेको हो।

त्‍यस्तै, पक्राउ पर्नेहरूमा भन्सार एजेन्टहरू यादवशंकर पराजुली, सुदर्शन गौतम, ग्लोबल प्रालिका सञ्चालक पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, राजन श्रेष्ठ, ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, उनका मामा रामकुमार भुजेल, हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ र चिनियाँ नागरिक लिन जेछियाङ पक्राउ परेका छन्।

उनीहरूमाथि विभागले राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ अनुसार अनुसन्धान गरिरहेको छ।