काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणको अनुसन्धान स्वतन्त्र, निष्पक्ष हुने बताएका छन् । बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा सुरक्षा निकायका पूर्व उच्चअधिकारीहरूसँग छलफल गर्दै उनले अनुसन्धान निष्कर्षमा पुग्ने बताएका हुन् ।
उनले दोषीलाई छिट्टै कानुनी दायरामा ल्याउने बताए । उनले भने, ‘अनुसन्धानलाई हामी गम्भिरतापूर्वक अगाडि बढाउँछौं। अनुसन्धानको बारेमा यो घटना घटेपनि, नघटेपनि जुन घटना हुन्छ। हाम्रो स्टयाण्डबाइ निर्देशन छ । प्रधानमन्त्रीको पनि स्टयाण्डबाइ निर्देशन छ। जुनसुकै निकायले गर्नुपर्ने भएपनि, जुनसुकै घटना भएपनि निर्दोष नफसून।’
उनले थपे, ‘र घटनाक्रमको वा कुनै पनि परिघटनाको सन्दर्भमा अनुसन्धान स्वतन्त्र, निष्पक्ष र निष्कर्षमा पुग्नेगरी होस्। र, दोषीलाई कानुनको दायरामा ल्याउने गरी होस् भन्ने हाम्रो स्टयाण्डबाइ निर्देशन छ। त्यसै आधारमा हुन्छ।’