April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

छथर गाउँपालिकाको बजेट ४२ करोड, लोकल रक्सीलाई ‘ब्रान्डिङ’ गर्ने

9.2K

काठमाडौं । तेह्रथुमको छथर गाउँपालिकाले नौलो तरिकाले बजेट ल्याएको छ । पालिकाले वृक्षारोपणसहित सडकबाटै आर्थिक बर्ष २०८०/८१ को लागि बजेट सार्वजनिक गरेको हो ।

आइतबार सिधुवा सुक्रबारे सडकमा हजारौं वृक्ष रोपण गरी पालिकाले सडकबाटै बजेटको घोषणा गरेको हो । पालिका अध्यक्ष सन्तोष तिगेलाका अनुसार आज १० हजार विरुवा रोपिएको छ ।

बृक्षराेपणमा जनप्रतिनिधी, कर्मचारी, विद्यालयका शिक्षक, विद्यार्थी, ईलाका प्रहरी चाैकी वसन्तपुर, प्रहरी चाैकीहरू शुक्रबारे,ओख्रे, शनिश्चरे, वन कार्यालय शुक्रबारे, हुलाक, विद्युत कार्यालय, छथर अस्पताल, स्वास्थ्यकर्मी, शिक्षा समिति, छथर क्याम्पस, राष्ट्रिय युवा संघ नेपाल, फेकाेफाेन, उद्याेग वाणिज्य संघ शुक्रबारे, गैरीगाउँ टाेलविकास संस्था, बजार व्यवस्थापन समिति, टाेलविकास समिति, उद्योग व्यवसायी, पाथिभरा भजन कृतन, रत्नदेवी युवा क्लव, टाेल विकास संस्था, सहकारी संस्थाहरूको सहभागिता रहेको थियो ।

Advertisement

गाउँपालिकाको ७ औं अधेवेशनले विभिन्न १५ शिर्षकमा ४२ करोडको बजेट सार्वजनिक गरेको छ।

यस्ता छन् बजेटका शिर्षकहरू:

१. सबैलाई जस्तापाता पुर्‍याइ फुसकाे छानामुक्त पालिका घाेषणा गर्ने, सबै घरमा पक्की शाैचालय, सुधारिएकाे चुलाेसहित आगनमा फूलवारी कार्यक्रम प्रवर्दन गर्ने,

२. घरघरमा खानेपानी, मुहान थपसहित सबै विद्यालय,सरकारी कार्यलयहरूमा शुद्द खानेपानी प्रवन्धका लागि फिल्टर,

३. सबै वडा केन्द्रसम्म अलवेदर गर्ने, सिधुवा शुक्रबारे सडक फूलैफूल र विरूवाकाे सडक बनाउने, हाक्पारा, म्याङ्लुङ,आङ्दिम हुँदै सिधुवा, लानपा दागपा, खैरेनी त्रिवेणी जाेड्ने सडकहरू पिचका लागि पहल गर्ने,

४. पालिका भित्रका विभिन्न कारणले घुमन्ते, मगन्ते, नागरिकहरूलाई खानासहित सुरक्षाकाे प्रबन्ध मिलाउने,

५. लाेकल रक्सी ब्रान्डिङ् गर्ने, स्थानीय उत्पादन सबैमा ब्राण्ड लाेगाे दिने,

६. श्रम र सहभागितामा प्रत्येक वडा सडक, सरकारी कार्यलय, विद्यालयहरूमा फूलको बगैचा, आकर्षक वृक्षरोपण गर्ने,

७. छथर अस्पताल नयाँ भवनमा संचालनमा ल्याई उपकरण थप्ने, ल्याव सेवा विस्तार गर्ने, टेलिफाेन स्वास्थ्य सेवा लागु गर्ने, पालिकाभर जेष्ठ नागरिक, एकल महिला, अपाङ्ग, गर्भवती महिला, एकल पुरुष, सुत्केरीहरुलाई नि:शुल्क एम्बुलेन्स सेवा दिने,

८. कम्फ्यूटर नभएको विद्यालयहरुमा क्रमस नेटसहित जडान गर्ने, स्थानीय पाठ्यपुस्तक तयार गर्ने, वालकक्षा वालमैत्री बनाउने, प्र.अ. तालिम, शिक्षक विषयगत तालिम, कक्षा १२ मा शिप तालिम, विद्यालय वाहिर रहेका गरीव विपन्न असहाय अपाङ्ग बालबालिका शिक्षा लागु गर्ने,

९. लम्पी डिजिजबाट गाई गोरु मृत्यू भएका र काेपी खेतीमा मूल्य गिरावटले पीडित किसानहरुलाई राहत प्याकेज दिने, लम्पी डिजिज माहामारी रोगथाम गर्ने,

१०. टोलटोलमा कृषि उपकरण वितरणलाई निरन्तरता दिने, बीउबिजन, विरुवा, विषादी, कृषि सेवा, प्राविधिक सेवा विस्तार गर्ने,

११. ढाका उद्योग स्थापना, सरकारी कार्यलय र विद्यालयमा स्थानीय खाजा अनिवार्य लागु गर्ने, टोलटोलमा मेलमिलाप तथा कानुनी सचेतना, न्याय सम्पादन गर्ने,

१३. एकीकृत सेवा सफ्टवेयर जडान, सिसीटिभी, डिजिटल बोर्ड, स्मार्ट बोर्ड जडान गर्ने, गाउँपालिका तथा वडा कार्यलय भवन निर्माण गर्ने,

१४. खेलकुद प्रशिक्षक राख्ने, खेलकुद आयोजना, युवा तालिम, व्यवसायेक सहुलियत ऋण सहजीकरण, बालमैत्री स्थानीय शासनसहित राष्ट्रिय अभियान घोषणा गर्ने,

१५. महिला संजाल समूह, संस्था, आमा समूह, बाल क्लब, किशोरी समूह परिचालन गर्ने र यस अघि क्रमागत रहेका कार्यक्रमहरूलाई निरन्तरता दिने ।