November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

१० वर्षपछि अरुण कावेलीले पहिलो पटक घोषणा गर्‍यो ५.७१ प्रतिशत बोनस शेयर

4.8K

काठमाडौं–अरुण काबेलीले पहिलो पटक ५.७१ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ। आर्थिक वर्ष २०७६र७७ को नाफाबाट कर प्रयोजनका लागि नगद लाभांशसहित बोनस शेयर दिने प्रास्ताव गरेको हो। कम्पनीले उक्त प्रस्ताव सहित मंसिर २२ गते साधारणसभा डाकेको छ। 

साधारणसभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने भएको छ। त्यसका लागि मंसिर १२ गतेदेखि २१ गतेसम्म बुक क्लोज गर्ने छ। मंसिर ११ गतेसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। 

साधारणसभामा नयाँ परियोजना विकास तथा लगानी गर्ने विशेष प्रस्ताव लगिने कम्पनीले जनाएको छ। हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ५० करोड रुपैयाँ रहेको छ। प्रस्तावित बोनस शेयरपछि चुक्ता पुँजी एक अर्ब ५८ करोड रुपैयाँ पुग्नेछ। कम्पनीलाई जगेडा कोष धनात्मक बनाउन १० वर्ष लागेको छ। गत असारमा ऋणात्मक जगेडालाई सुधार गर्दै ९ करोड २४ लाख रुपैयाँ जम्मा गर्न सफल भएको थियो।

Advertisement