अभिनेत्री एलिजा गौतम नेपाली फिल्म क्षेत्रमा आफ्नो पहिचान बनाउन संघर्ष गरिरहेकी छन् । बाल्यकालदेखिको अभिनेत्री बन्ने सपना पूरा गर्न पत्रकार ऋषि धमलासँग विवाह गरेपछि उनले घरकै लगानीमा फिल्म ‘अनुराग’ निर्माण गरिन्, तर सफलताको सुख प्राप्त गर्न सकिनन् । फिल्ममा उनको अभिनय पनि रुचाइएन । उनले फिल्ममा डेब्यू गर्न हतार गरेको भन्दै टिका टिप्पणी भए ।

‘अनुराग’ पछि उनले फेरि नयाँ फिल्म निर्माण गर्ने आँट गरिनन् । न त उनलाई बाहिरी ब्यानरले नै अभिनेत्रीको रुपमा लिने आँट गरे ।

दुई सन्तानको आमा भएपछि फिल्ममा प्रवेश गरेकी उनले आफ्नो शरीरलाई फिट राख्न निकै मेहनत गर्ने गरेकी छन् । उनी पहिरनको मामालामा पनि सजग छिन् । अचेल उनी कुनै सार्वजनिक कार्यक्रममा जाँदा पहिरनका कारण सबैको केन्द्रविन्दू बन्ने गरेकी छन् ।

श्रीमान र छोरीको साथमा नव-विवाहित जोडीलाई बधाई दिन पुगेकी एलिजा आकाशे रंगको लेहेंगामा देखिएकी थिइन्, जसमा उनको सुन्दरता निकै खुलेको थियो । कुनै पनि पार्टीमा सहभागी हुनका लागि आफूलाई तयार हुन एक घन्टाभन्दा बढी लाग्ने उनको भनाई छ ।

.jpg)
