February 7, 2025, Friday
२०८१ माघ २५
1:37:26 pm

‘निङ्वासुम २६’ सार्वजनिक

1K

काठमाडौं । रीता फोम्बो ठुलीको नयाँ पाःलाम ‘निङ्वासुम २६’ सार्वजनिक गरिएको छ । यसअघि २५ वटा पाःलामको भिडियो सार्वजनिक गरिसकेकी ठुलीको ‘पोक्लाबाङ तेम्दा’ सार्वजनिक गरिएको हो ।

ठुलीकै शब्द तथा मेलोडी रहेको यस पाःलाममा मनु नेम्बाङ र ठूलीको संयुक्त स्वर रहेको छ । भिडियोलाई तेह्रथुमको पोक्लाबाङको लिम्बुवान बजार र ताप्लेजुङ जिल्लाको मेरिङदेनमा छायांकन गरिएको छ ।

भिडियोको फ्रेममा ठुलीसहित सुन्दर निङ्लेकु, असारसिं निङ्लेकु, अञ्जना याख्खा क्याक, मीरा फियाक, सञ्जय निङ्लेकु, रविन्द्र निङ्लेकु, निलिमा साम्पाङ, रवि किरण मादेन, निर्मला सुहाङ, सुनिता सम्बाहाम्फे, सिताराम साम्याम्खाम, ऐन्द्र तुम्बापो लगायतलाई देख्न सकिन्छ ।

Advertisement

यस भिडियोलाई चन्द्र लिम्बुले निर्देशन/छायांकन तथा सम्पादन गरेका हुन् ।

सांस्कृतिक अभियन्ता, निर्मात्री, गीतकार तथा समाजसेवी ठूली पछिल्लो समय निकै सक्रिय छिन् । उनलाई किरात याक्थुङ चुम्लुङ युकेले ‘आर्टिष्ट अफ द इयर –२०२२’ द्धारा सम्मान गरेको थियो । उनले अन्य थुप्रै अवार्ड तथा सम्मानहरू प्राप्त गरेकी छन् ।